नियम
पञ्जीकरणका लागि निबेदन दिनु पर्ने
(१) ऐनको दफा रे को उपदफा (१) बमोजिम जीवनाशक विषादी तथा त्यस्तो जीवनाशक विषादीको सक्रिय तत्व समेतको पञ्जीकरण गराउन चाहने व्यक्ति,संस्था वा निकायले देहायका कागजात तथा विवरण संलग्न गरी सम्बन्धित प्रदेशको कृषि सम्बन्धी विषय: हेर्ने मन्त्रालयमार्फत वा सिधै केन्द्रमा अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछः-

(क) प्रचलित कानून बमोजिम व्यवसाय दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि वा निकाय भएमा त्यस्तो निकायको आधिकारिक पत्र,

(ख) जीवनाशक विषादीको कारोबार खुलेको स्थायी लेखा नम्बर,

(ग) जीवनाशक विषादी उत्पादन र संश्लेषण गर्ने भएमा उत्पादन बा संश्लेषण गरिने कच्चा पदार्थको स्रोत खुल्ने कागजात,

(घ) जीवनाशक विषादी उत्पादन, संश्लेषण, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्ने भएमा सोको लागि/चाहिने मेसिनरी तथा औजार, दक्ष जनशक्ति, उत्पादन क्षमता तथा वार्षिक उत्पादन योजना, उत्पादन गरिएको जीवनाशक विषादी भण्डारण गर्ने व्यवस्था तथा दुर्घटना हुन नदिन अवलम्बन गरिएका सुरक्षात्मक उपायहरू समेतका उद्योगको विस्तृत जानकारी दिने आवश्यक विवरण तथा कागजात,

(ङ) जीवनाशक विषादी पैठारी गर्ने भएमा पैठारी गर्न चाहेको जीवनाशक विषादी उत्पादन भएको देशमा पञ्जीकरण गरिएको प्रमाणपत्रको प्रतिलिपि,

(च) जीवनाशक विषादीको नेपालमै उत्पादन र संश्लेषण, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्ने भएमा सो सम्बन्धी सूचकपत्र र पैठारी गर्ने भएमा सम्बन्धित देशको कानून बमोजिम अधिकार प्राप्त निकायबाट स्वीकृत सूचकपत्र,

(छ) जीवनाशक विषादीको बिक्री बितरण गर्दा प्रयोग गरिने सूचकपत्र तीन प्रति र कन्टेनर एक थान,

(ज) जीवनाशक विषादीको (पैठारी गर्ने भएमा उत्पादकले बिक्री .वितरण गर्न दिएको आधिकारिक वितरक पत्र,

(झ) जीवनाशक विषादीको प्रयोग विधि खुलेको कागजात,

(ज) जीवनाशक विषादीको विषालुपना सम्बन्धी विवरण,

(ट) जीवनाशक विषादीको प्रभावकारिता सम्बन्धी विवरण,

(ठ) ८ जीवनाशक विषादीको अवशेष विश्लेषण गरिएको कागजात,

(ड) प्रयोगकर्ताको लागि नेपाली भाषामा लेखिएको विवरण ।

(२) उपनियम (१) बमोजिमको निवेदन प्रदेशको कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालयमा प्राप्त भएमा सो मन्त्रालयले निवेदनसाथ संलग्न गर्नुपर्ने विवरण तथा कागजात संलग्न भए नभएको जाँच गरी संलग्न नभएमा त्यस्तो कागजात समेत निवेदकसँग माग गरी निवेदकले सम्पूर्ण कागजात तथा विवरण पेस गरेको वा निवेदन दिएको मितिले सात दिनभित्र निवेदन र कागजात तथा विवरण केन्द्रमा पठाउनु पर्नेछ।

(३) उपनियम (१) बमोजिमको निवेदन नेपाल राष्ट्रिय एकद्वार प्रणालीको अनलाइनबाट समेत दिन सकिनेछ।

(४) उपनियम (३) बमोजिम निबेदन दिएकोमा जीवनाशक विषादीको सूचकपत्र, कन्टेनर र्‌ प्रयोग विधि खुलेको कागजात तथा विवरणको सक्कल प्रति केन्द्रमा पठाउनु पर्नेछ।

(५) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पञ्जीकृत जीवनाशक विषादी प्रभावकारी नभएमा तत्काल महामारीको रूपमा “फैलिएको वा फैलन सक्ने मनासिब आधार भएको हानिकारक जीव तथा वनस्पति नियन्त्रणको लागि आवश्यक पर्ने जीवनाशक विषादी तत्काल पैठारी गर्नुपर्ने अवस्थामा मन्त्रालयले तोकेको कुनै संस्था वा निकायले समितिको सिफारिसमा जीवनाशक विषादी पञ्जीकरण गराउँदा उपनियम (१) बमोजिम पेस गर्नुपर्ने कुनै कागजात तथा विवरण पेस गर्नु नपर्ने गरी केन्द्रले छुट दिन सक्नेछ ।